प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा

हिमाल प्रेस ९ फागुन २०७९ १३:१३
10
SHARES
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र सल्लाहकारमा डा. रूपक सापकोटा नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले उनलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो।  चीनको रेन्मिङ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाका जानकार मानिन्छन्।

उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्। सापकोटाले भने, ‘प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त भएको जानकारी आएको छ। पत्र प्राप्त भएको छैन।’

सापकोटासँग अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा गहिरो ज्ञान रहेको छ। उनले सन् २०१९, नोभेम्बरदेखि सन् २०२१ अक्टोबरसम्म परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनका भूराजनीतिक, वैदेशिक तथा सामरिक मामिलामा थुप्रै लेखरचना प्रकाशित छन्। सापकोटाको सहलेखन र सम्पादनमा विभिन्न पुस्तक प्रकाशित छन्।

डा‍. सापकोटा चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन्। उनी पूर्वसभामुख एवम् माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन्।

प्रकाशित: ९ फागुन २०७९ १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =