सीटीईभीटी विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन खुला(विवरणसहित)

हिमाल प्रेस ८ फागुन २०७९ १६:०३
104
SHARES
सीटीईभीटी विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन खुला(विवरणसहित)

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको प्रवेश परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ। सीटीईभीटीले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६० जना छात्रछात्राहरूलाई प्रि-डिप्लोमा तह र ४०० जनालाई डिप्लोमा-प्रमाणपत्र तहमा निःशूल्क अध्ययन गर्न विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षाको लागि आवेदन फाराम खुला गरेको हो।

सीटीईभीटीले फागुन ८ गतेदेखि २८ गते आइतबारसम्म आवेदन फाराम भर्न सकिने र चैत ११ गते शनिवार बिहान ८ बजे प्रवेश परीक्षा सञ्चालन गर्ने सूचना मार्फत जनाएको छ।आवेदन फाराम सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयको वेवसाइटबाट डाउनलोड गर्न सकिनेछ।

सीटीईभीटीले दलित-मुस्लिमको हकमा सम्बन्धित आयोग, जिल्ला प्रशासन कार्यालय वा पालिकाबाट उक्त जाति भनी प्रमाणित गरिएको पत्र भएकाले मात्र आवेदन दिन पाउने जनाएको छ।

यसका साथै विपन्न समूहको छनोट गर्दा हलिया, कमैया, अपाङ्गता भएका, द्वन्द्व पीडित, शहीद, जनआन्दोलन घाइते परिवारलाई समावेश गरी नेपाल सरकारबाट सूचीकृत सुविधा वञ्चित २२ वटा आदिवासी जनजाति समूहलाई मात्र प्रवेश परीक्षामा सहभागि गराउने सूचनामा उल्लेख छ।

सीटीईभीटीले वनकरिया, बराम, बोटे, चेपाङ, दनुवार, धानुक, हायु, झागड, किसान, कुसुन्डा, लेप्चा, माझी, मेचे, कुसवाडिया, राजी, राउटे, सतार, सिंसा, सियार, सुरेल, थामी र थुनमलाई मात्र आर्थिक रूपमा विपन्न भनी स्थानीय निकायबाट प्रमाणित कागजातका आधारमा विपन्न कोटामा सहभागी गराउने जनाएको छ।

प्रकाशित: ८ फागुन २०७९ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast