नातिनीले गाइन् गोपाल योञ्जनको गीत ‘मेरी माया’

हिमाल प्रेस ४ फागुन २०७९ ११:५२
30
SHARES

काठमाडौँ- नेपाली गायक तथा संगीतकार गोपाल योञ्जनको कालजयी गीत ‘मेरी माया’ महिला स्वरमा सार्वजनिक भएको छ। गीतमा योञ्जनकी नातिनी नवश्री सिंह योञ्जनको स्वर छ। योञ्जनको शब्द, संगीत रहेको गीत सन् ७० दशकमा सार्वजनिक भएको थियो। जसमा गायक उदित नारायण झाको स्वर थियो।

गोपालयको प्रस्तुति रहेको गीतका शब्दमा मायाको गहिरो अर्थ भेटन् सकिने भएकाले फेरि रेकर्ड गरिएको बताइएको छ। गीत प्रेम दिवसको अवसरमा सार्वजनिक भएको थियो।

पुरानो गीतलाई नयाँ पुस्तामाझ पु¥याउने उद्देश्यले फेरि रेकर्ड गरिएको गोपालयले जनाएको छ। गीतको म्युजिक भिडियो पनि नयाँ पुस्तालाई लक्ष्य गरी बनाइएको छ। म्युजिक भिडियोमा नवश्रीकै अभिनय छ।

गीतको वास्तविक संगीतमा निकै ध्यान दिइएको छ। त्यसैले रेकर्डिङ गर्दा सन् ७० का दशकदेखि अहिलेसम्मका वाद्यवादन प्रयोग गरिएका छन्। उतिखेर संगीत भर्दा प्रयोग गरिने अर्कस्टिक बाजा, अकोर्डियन र कंगो पनि गीतमा सुन्न सकिन्छ।

म्युजिक भिडियोको छायांकन अमेरिकामा भएको हो। संगीतको परिकल्पना रिञ्छेन योञ्जनले गरेकी छन् भने संगीत संयोजक सचिन सिंह हुन्। म्युजिक भिडियोमा निर्देशन योञ्जनकी छोरी सिर्जना सिंह र कान्छी नातिनी सर्वश्रीको छ। भिडियोमा छायांकन, सम्पादनलगायत पनि सर्वश्रीकै रहेको छ।

अभिनेत्री निरुता सिंहलाई महिला स्वरमा ‘मेरी माया’ गीत निकै मन परेको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा गीतको प्रशंसा गर्दै सेयर गरेकी छन्।

‘वरिष्ठ संगीतकार गोपाल योञ्जनका सुमधुर गीत आजको पुस्ताले पनि सुनून्, जानून् र बुझून् भन्ने लाग्थ्यो,’ उनले लेखेकी छन्, ‘नेपाली कला, संस्कृतिमा उहाँको योगदान अमूल्य छ। उहाँको गीत नातिनी नवश्रीको स्वरमा आजको पुस्ताले सुन्ने, बुझ्ने गरी प्रस्तुत गरिएको छ।’

 

प्रकाशित: ४ फागुन २०७९ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =