प्रणय दिवसमा चन्द्रागिरि हिल्समा छुटैछुट

हिमाल प्रेस १ फागुन २०७९ १४:०४
4
SHARES
प्रणय दिवसमा चन्द्रागिरि हिल्समा छुटैछुट

काठमाडौँ- चन्द्रागिरि हिल्सले ‘फिल द एयर’ योजना सार्वजनिक गरेको छ। यसअनुसार आइएमई पे एपमार्फत् टिकट काट्दा चन्द्रागिरि हिल्समा रहेका विभिन्न सेवामा छुट पाउनेछन्।

ग्राहकले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङमा ५० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ। हरेक दिन एकजना ग्राहकले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागू हुने) टिकट जित्ने मौका पाउने जनाइएको छ।

आइएमई पे र चन्द्रागिरि हिल्सले प्रणय दिवसको अवसरमा ‘कपल डिनर’को योजना पनि ल्याएका छन्। माघ २८ देखि फागुन १ गतेसम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने पाँच जनाले चन्द्रागिरिमा ‘कपल डिनर’ जित्न सक्नेछन्।

प्रकाशित: १ फागुन २०७९ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =