उवासंघ इटहरी : २ हजार ७ सय ९० मत खस्यो

हिमाल प्रेस २८ माघ २०७९ १८:४५
8
SHARES
उवासंघ इटहरी : २ हजार ७ सय ९० मत खस्यो

इटहरी– उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको मतदान सकिएको छ। शनिबार (आज) जनता बहुमुखी क्याम्पस प्रांगणमा भएको मतदान कार्यक्रम दिउँसो ४ बजे सकिएको हो। निर्वाचन समितिका सदस्य पोषराज नेपालका अनुसार अध्यक्ष पदमा कूल २ हजार ७९० मत खसेको छ।

यस्तै, महिलातर्फ २ हजार ७९०, वाणिज्यतर्फ २ हजार २९०, उद्योगतर्फ ४५३, वस्तुगततर्फ २२ र एसोसिएटतर्फ ३६ मत खसेको नेपालले जानकारी दिए।

उनका अनुसार कूल ४ हजार ८१० मतदातामध्ये सो संख्यामा मत खसेको हो। मतगणना आइतबार बिहान ८ बजेदेखि उद्योग वाणिज्य संघको सभाहलमा हुने तयारी भएको उनले बताए।

अध्यक्ष पदका लागि जीवन पराजुली, रन्जु सिग्देल (चौलागाईं), गायत्री कटवाल (भण्डारी) र मणिन्द्रकुमार कटवाल प्रतिस्पर्धामा छन्। अध्यक्षकै उम्मेदवार पीताम्बर पोखरेलले भने पराजुली समूहलाई सघाउने उद्घोष गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =