मुख्यमन्त्री रावलले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा

हिमाल प्रेस २६ माघ २०७९ १८:४४
10
SHARES
मुख्यमन्त्री रावलले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा

धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकमा रावलले पेस गरेको विश्वास मतको प्रस्ताव अल्पमतमा परेसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन्।

रावलले बिहीबार नै प्रदेश प्रमुख जोशीलाई राजीनामा पत्र बुझाएका हुन्।

नागरिक उन्मुक्ति पार्टीले रावल नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपछि रावलले मुख्यमन्त्री पद गुमाएका हुन्।

नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिने अन्तिम दिन बिहीबार प्रदेशसभामा मुख्यमन्त्री रावलको प्रस्ताव अस्वीकृत भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =