हिन्दी गीतमा नेपाली अभिनेत्री आँचल शर्मा

हिमाल प्रेस २६ माघ २०७९ १३:३८
16
SHARES

काठमाडौँ- अभिनेत्री आँचल शर्मा अभिनीत हिन्दी गीत ‘तेरी मेरी दास्तान’ सार्वजनिक भएको छ।

म्युजिक भिडियोमा आँचलसँगै आरआर खड्का फिचर्ड छन्। आँचल र आरआर खड्कालाई राजा र रानीको भूमिकामा देख्न सकिन्छ।

गीतमा प्रेम र प्रेमका लागि गरिएको बलिदानलाई देखाइएको छ। भ्यालेन्टाइन्स डेको अवसर पारेर गीत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन्।

गीतमा प्रतीक्षा श्रीवास्तव र विनीत सिंहको स्वर रहेको छ। पुनीत गुरुरानीको शब्द रहेको गीतमा अभिनव मेहरको संगीत रहेको छ।

नेपाली म्युजिक भिडियोबाट चर्चा कमाएकी आँचलले ‘नाइँ न भन्नू ल ४’ बाट फिल्ममा प्रवेश गरेकी हुन्। उनले ‘शत्रु गते’, ‘जोनी जेन्टलम्यान’, ‘ब्ल्याक’, ‘दाल भात तरकारी’लगायत फिल्ममा काम गरेकी छन्।

पछिल्लो समय उनी अभिनीत फिल्म ‘झिंगेदाउ’ व्यवसायिक रूपमा निकै सफल भएको थियो।

प्रकाशित: २६ माघ २०७९ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =