फागुन ४ मा मोलुङ हाइड्रोपावरको आईपीओ

हिमाल प्रेस २५ माघ २०७९ ११:४६
6
SHARES
फागुन ४ मा मोलुङ हाइड्रोपावरको आईपीओ

काठमाडौँ- मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता एक सय अंकित दरमा २२ लाख ६४ हजार ६ सय ५५ कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने भएको हो।

कम्पनीले जारी पुँजी ८० करोड २५ लाखको ३४ प्रतिशतको २७ लाख २८ हजार पाँच सय कित्ता सेयरमध्ये दुई लाख ७२ हजार आठ सय ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र एक लाख ३६ हजार चार सय २५ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिसकेको छ। ५४ हजार पाँच सय ७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याइएको छ।

बाँकी २२ लाख ६४ हजार छ सय ५५ कित्ता सेयरमा सर्वसाधारणलाई लगानी गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ। कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी’ प्रमाणपत्र प्रदान गरेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सन‍्‍राइज क्यापिटल रहेको छ।

कम्पनीले ओखलढुंगाको मोलुङ गाउँपालिकाको मोलुङ खोलामा सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजना निर्माण गरी २०७४ चैत १२ बाट विद्युत् उत्पादन गर्दै नेपाल विद्युत् प्राधिकरणलाई प्रवाह गर्दै आएको छ।

प्रकाशित: २५ माघ २०७९ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =