ओली भेट्न बालकोट पुगे प्रचण्ड

हिमाल प्रेस २५ माघ २०७९ ९:४९
14
SHARES
ओली भेट्न बालकोट पुगे प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

ओलीको भक्तपुरस्थित बालकोट निवासमा प्रचण्ड पुगेका हुन्।

आज राष्ट्रियसभा सदस्य पदको चुनाव छ। सत्ता गठबन्धनबाट एमालेका उम्मेदवारले मनाेनयन गरेका छन्। तर गठबन्धनकै घटक उन्मुक्तिले छुट्टै उम्मेदवारी दिएको छ। गठबन्धन एक बनाउनेबारे छलफल हुने बताइएको छ। उता सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि आजै विश्वासको मत लिँदैछन्।

उन्मुक्तिले मत नहाले सरकार ढल्ने सम्भावना छ। यस्तै राष्ट्रपति निर्वाचनका विषयका बारेमा पनि छलफल गर्न प्रचण्ड बालकोट पुगेको निकट स्रोतको भनाइ छ।

पछिल्लो समय सत्ता समीकरणमा आएको फेरबदलले ओली–प्रचण्डको सम्बन्ध चिसिएको छ। प्रचण्डलाई कांग्रेसले साथ दिएको कुरा ओलीले रुचाएका छैनन्। तर ओली सात दलीय गठबन्धन बचाएर लैजानु पर्नेमा बताउँदै आएका छन्।

प्रकाशित: २५ माघ २०७९ ९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =