संसद्‌ बैठकमा गएनन् रास्वपाका सांसद

हिमाल प्रेस २२ माघ २०७९ १४:०६
6
SHARES
संसद्‌ बैठकमा गएनन् रास्वपाका सांसद

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू आजको प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छैनन्। पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी रहेकाले उनीहरू संसद्‌ नगएका हुन्।

स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा गैरनागरिक ठहर भएसँगै सांसद र उपप्रधान तथा गृहमन्त्री गुमाएका थिए। पछि उनले सर्वोच्च अदालतको फैसला बमोजिम पुन: नागरिकता लिइसकेका छन्।

गैरसांसद भए पनि लामिछाने फेरि गृहमन्त्री नै चाहियो भन्दै गठबन्धन दलका नेतासँग वार्ता गरिरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह दिन नसकिने बताउँदै आएका छन्। आज लामिछानेले पनि पत्रकार सम्मेलन गर्दैछन्।

प्रकाशित: २२ माघ २०७९ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =