साउन १० गतेदेखि अवरुद्ध संसद्को अवरोध खुल्यो

हिमाल प्रेस ६ भदौ २०८० १६:१३
4
SHARES
साउन १० गतेदेखि अवरुद्ध संसद्को अवरोध खुल्यो फाइल तस्बिर

काठमाडौँ- साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधबार सञ्चालन भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो।

दलहरूबीच बुधबारको भएको छलफलले असोज ५ गते आयोग गठन गर्ने सहमति भएपछि संसद् बैठक सञ्चालन भएको हो।

संसद् बैठकमा सम्बोधन गर्दै उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सहमति जुटाउन पहल जारी राखेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतलाई धन्यवाद दिएका छन्।

उनले सहमतिले सकारात्मक वातावरण बनाउन ठूलो भूमिका खेलेको बताए। उनले सहमतिपछि संसद्ले नेपाली जनताका समस्या र सरोकारलाई निकास दिँदै जाने विश्वास व्यक्त गरे।

प्रकाशित: ६ भदौ २०८० १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =