एयरपोर्ट होटल साटा अवार्डबाट पुरस्कृत

हिमाल प्रेस २२ माघ २०७९ १३:०८
4
SHARES
एयरपोर्ट होटल साटा अवार्डबाट पुरस्कृत

काठमाडौँ- एयरपोर्ट होटल काठमाडौंँ ‘साउथ एसियन ट्राभल अवार्ड’ (साटा) अन्तर्गतको ‘लिडिङ एयरपोर्ट होटल’बाट पुरस्कृत भएको छ।

साटा बर्सेनि प्रदान गरिने क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका प्रमुख आतिथ्य तथा पर्यटन निकायहरूबाट अनुमोदित पुरस्कार हो।

माल्दिभ्समा हालै सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार १० विधाका ३७ शीर्षकमा घोषणा गरिएको थियो।

१२ वर्षदेखि सञ्चालनमा आएको एयरपोर्ट होटल काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा स्थापित सुविधा सम्पन्न होटलमा पर्दछ। यसले खाने बस्ने सुविधाका अतिरिक्त मनोरञ्जन, सभा सम्मेलनको सेवा प्रदान गर्दै आएको छ।

रिभोल्भिङ रेस्टुरेन्ट र नेपाली रैथाने खाना पस्कने थलोको रूपमा एयरपोर्ट होटलले चिनारी बनाएको छ।

प्रकाशित: २२ माघ २०७९ १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =