माओवादी स्थायी कमिटी बैठक जारी, रविलाई सरकारमा ल्याउनेबारे टुंगो लगाउने

हिमाल प्रेस २१ माघ २०७९ १५:३२
6
SHARES
माओवादी स्थायी कमिटी बैठक जारी, रविलाई सरकारमा ल्याउनेबारे टुंगो लगाउने

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। शनिबार दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो।

बैठकले केन्द्रीय विभाग बाँडफाँडको टुंगो लगाउने नेतहरूले बताएका छन्। राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिनेलगायत समसामयिक राजनीतिक विषयमा बैठक केन्द्रित हुने बताइएको छ।

रास्वपाले बिहीबार केन्द्रीय र संसदीय दलको बैठक बसेर सत्तासाझेदार माओवादी र नेकपा एमालेको आग्रहमा दुई दिनको समय माग्दै सरकार छाडने या नछोड्ने निर्णय गर्ने बताएको छ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने दोहोरो नागरिकताका विषयमा रास्वपा सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतको पूर्णफैसला नआएसम्म उनलाई गृह मन्त्रालयसहित सरकारमा नल्याउने पक्षमा छन्।

माओवादीका शीर्ष नेताहरू पनि रविलाई अहिलेकै अवस्थामा उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिन नहुने भन्दै प्रचण्डमाथि दबाब बढाइरहेका छन्। यसैबीच माओवादीले पार्टीको धारणा तय गर्न स्थायी कमिटी बैठक राखेको हो।

प्रकाशित: २१ माघ २०७९ १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =