एकीकृत समाजवादी बैठकमा अध्यक्ष नेपालले गरे ओलीको आलोचना

हिमाल प्रेस २१ माघ २०७९ १२:२६
8
SHARES
एकीकृत समाजवादी बैठकमा अध्यक्ष नेपालले गरे ओलीको आलोचना

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ललितपुरको बालकुमारीमा शनिबार सुरु भएको केन्द्रीय कमिटीको बैठक आइतबारसम्म जारी रहनेछ। बैठकमा अध्यक्ष नेपालले  राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बैठक अवधिमा यी दुवै विषयमा  नेताहरुले छलफल गर्नेछन्। प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्ययोजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ।

बैठकमा सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको संक्षिप्त विवरण गर्दै केपी ओलीको आलोचना गरेका थिए। उनले नेकपा एमाले कालमा ओलीले कार्यकारी अध्यक्षको कुर्सी भाँचेको र संसद् विघटन गरेको आरोप लगाए।

त्यति बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए। उनले तत्काली प्रधानमन्त्री ओली एमसीसी प्रकरण, भारतीय गुप्तचरसँगको गोप्य भेट, भ्रष्टाचार, व्यक्तिवाद, संकीर्णता, अहंकारले आदिले ओली चरम दक्षिणपन्थतर्फ लागेको आरोप लगाए।

यस्ता विकृति सहन नसकेपछि विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपरको अध्यक्ष नेपालले बताए। उनले भने, ‘उकुसमुकुस भयो। प्रयत्न गर्दा सफल हुन सकेन। अनि छलफलपछि नयाँ पार्टी गठन भएको हो।’

पार्टीका लागि डेढ वर्षको अवधि लामो नरहेको भन्दै उनले पार्टी बिस्तारै देशव्यापी बन्दै गएको बताए। उनले भने, ‘पार्टीको संगठनहरू र राजनीतिक गतिविधिहरूमा हामी समग्रतामा अगाडि बढिरहेका छौँ।’ उनले संगठन निर्माणकै क्रममा स्थानीय तहमा केही अनुभव र उपलब्धि हासिल गरेको भनाइ राखे।

साथै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्राप्त परिणाम पनि आसलाग्दो रहेको अध्यक्ष नेपालले बताए। उनले सबैलाई मातहतका कमिटीहरूमा समीक्षा गर्नुपर्ने बताए। उनले भने, ‘निर्वाचन परिणाम हामीले सोचेजस्तो भएन। कहाँकहाँ रह्यो त्रुटि? माथिबाटै त्रुटि भएको छ।’

प्रकाशित: २१ माघ २०७९ १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =