मन्त्री किराँती विमानस्थल सुधारप्रति अझै असन्तुष्ट

हिमाल प्रेस २१ माघ २०७९ १२:११
8
SHARES
मन्त्री किराँती विमानस्थल सुधारप्रति अझै असन्तुष्ट फाइल तस्बिर।

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्त बुझ्दो नभएको बताएका छन्।

विमानस्थलको अनुगमन गर्न शनिबार बिहान पुगेका उनले यस्तो बताएका हुन्। उनले तुलनात्मक रुपमा विमानस्थल सुधार हुँदै गए पनि चित्तबुझ्दो सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिए।

यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरु चित्तबुझ्दो रुपमा कार्यान्वयन नभएको उनको भनाइ छ।

उनले भने, ‘तुलनात्मक रूपमा सुधार छ तर चित्तबुझ्दो छैन। हिजो निर्देशन गरिएका कुरा सम्पूर्ण रूपमा पूरा गर्न निर्देशन गरिसकेको छु। बाँकी जति पनि त्रुटि देखेको छु, सम्बन्धित निकायमा कडाइका साथ अझै निर्देशन गर्नेछु। सुधार गर्नुपर्ने धेरै कुरा छन्।’

आजको अनुगमनमा टर्लीमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिए।

मन्त्री किराँतीले माघ पहिलो साता विमानस्थलको अनुगमन गर्दै शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =