नागरिक उन्मुक्तिको अडानमा नैतिक प्रश्न

हिमाल प्रेस २० माघ २०७९ १९:०६
6
SHARES
नागरिक उन्मुक्तिको अडानमा नैतिक प्रश्न

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुणकुमार चौधरीलाई रिहाइ गर्न दिएको २४ घण्टे अल्टिमेटम सकिएको छ। कैलाली-२ बाट निर्वाचित सांसद चौधरीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो। त्यसै दिन साँझ नागरिक उन्मुक्तिले वक्तव्य जारी गरेर चौधरीलाई रिहाइ गर्न अल्टिमेटम दिएको हो।

चौधरीलाई झण्डै १० वर्षअगाडि २०७० मा आगजनीको दोषी ठहर गर्दै ६ महिना जेल र आठ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो। तर फरार अवस्थामै चौधरी लुम्कीचुहा नगरपालिकाको मेयर र प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए। त्यसबेला पराजित भए पनि गत आमनिर्वाचनबाट उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भए।

निर्वाचित भएपछि उनी फरार रहेको खुल्यो अनि प्रहरीले नियन्त्रणमा लिएको हो। अन्यथा उनी फरारको सूचीमा रहेको भन्ने थाहा थिएन प्रहरीलाई। पक्राउ परेकै दिन नागरिक उन्मुक्तिले २४ घण्टे अल्टिमेटम दिएपछि प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेका छन्।

अरू सत्ता साझेदारहरुको पनि सरकारसँग असन्तुष्टि छ । यस्तो बेला पारेर नागरिक उन्मुक्तिले २४ घण्टे अल्टिमेट दिनुले थप दबाब सिर्जना भएको छ।

सांसद अरुणकुमार चौधरी जेल चलान

प्रकाशित: २० माघ २०७९ १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seven =