सहिद भूमिमा आठ सयभन्दा बढीले पाए रोजगार

हिमाल प्रेस २० माघ २०७९ ७:३५
2
SHARE
सहिद भूमिमा आठ सयभन्दा बढीले पाए रोजगार

काठमाडौँ- गएको पाँच वर्षमा धनकुटाको सहिद भूमि गाउँपालिकाका आठ सय ३१ जनाले रोजगार पाएका छन् । पालिकामा आर्थिक वर्ष २०७५/७६ देखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त संख्यामा रोजगार पाएका हुन्।

सुरुआती वर्षमा पाँच सय १७ रुपैयाँ र पछिल्लो वर्षदेखि दैनिक पाँच सय ७० रुपैयाँका दरले पालिकाका निम्न आय भएका व्यक्तिले एक सय दिनको रोजगार पाएका हुन्। चालु आव २०७९/८० बाहेक चार वर्षमा एक सय ९३ महिला र चार सय ९९ जना पुरुषले राजगार पाएका छन्।

रोजगार कार्यक्रमको ‘कामका लागि पारिश्रमिकमा आधारित’ र ‘युवा रोजगारीका लागि रुपान्तरण आयोजना’ बाट पालिकामा दुई करोड ७० लाख ५३ हजार एक सय ५० रुपैयाँ भित्रिएको छ।

रोजगार कार्यक्रमले निम्न आय भएका परिवारलाई जीविकोपार्जन गर्न सहज भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक सीता पौडेलले जानकारी दिए। सडक निर्माण तथा संस्कृति प्रवर्द्धन क्षेत्रको रोजगारका लागि पालिकामा हरेक वर्षको वैशाखसम्म सञ्चालन हुने कामका लागि पाँच वर्षमा एक हजार पाँच सय ५७ आवेदन परेको छ।

प्रकाशित: २० माघ २०७९ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =