कीर्तिपुर आँखा अस्पताललाई जापान सरकारद्वारा स्वास्थ्य उपकरण सहयोग

हिमाल प्रेस १९ माघ २०७९ ११:५१
4
SHARES
कीर्तिपुर आँखा अस्पताललाई जापान सरकारद्वारा स्वास्थ्य उपकरण सहयोग

काठमाडौँ- जापान सरकारले कीर्तिपुर आँखा अस्पताललाई विभिन्न स्वास्थ्य उपकरण सहयोग गरेको छ।

बुधबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले उपकरण हस्तान्तरण गरेका हुन्।

जापान सरकारको ‘ग्रान्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्राजेक्ट’ (जीजीपी) परियोजनाअन्तर्गत उक्त उपकरण खरिद गरिएको हो। स्वास्थ्य उपकरणका लागि परियोजनाको १ लाख ५४ हजार १०० अमेरिकी डलर अर्थात् करिब २ करोड रुपैयाँ बराबर खर्च भएको छ।

उपकरण हस्तान्तरण गर्दै राजदूत किकुताले नेपाल–जापानबीचको आपसी सम्बन्धलाई यस्तो सहयोगले थप बलियो बनाउने बताए। उनले अस्पतालमा नयाँ स्वास्थ्य उपकरण जडान भएसँगै अत्याधुनिक सेवाको लागि आम नेपाली नागरिकलाई सहज हुने विश्वास लिए।

प्रकाशित: १९ माघ २०७९ ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =