सुदूरपश्चिमका भूकम्प प्रभावितको उचित व्यवस्थापन गर : नेता महर

हिमाल प्रेस १८ माघ २०७९ ११:२०
4
SHARES
सुदूरपश्चिमका भूकम्प प्रभावितको उचित व्यवस्थापन गर : नेता महर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्पबाट प्रभावित सुदूरपश्चिमका नागरिकको रेखदेखमा सरकारको ध्यान नपुगेको बताएका छन्।

कपनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको  बताए। उनले प्रभावितहरू माघको कठ्याङ्ग्रिदो जाडोमा सास्ती खेप्न बाध्य रहेकाले उनीहरूको उचित व्यवस्थापनमा सरकारको ध्यान पुग्नुपर्ने बताएका हुन्।

जनताको अभिभावकका रूपमा रहेको सरकारसँग भूकम्पको क्षतिको यकिन विवरणसमेत नभएको उनको भनाइ छ। राहत र उद्धार तथा सम्भावित जोखिमसँग लड्ने पूर्वतयारी नै नदेखिएकाले सरकार जनताप्रति उत्तरदायी नदेखिएको उनले बताए।

‘मानवीयतासँग जोडिएका संवेदनशील विषयप्रति गम्भीर हुन सम्माननीय प्रधानमन्त्री, सरकारमा संलग्न राजनीतिकदल र विशेष गरी विद्यार्थी जगतमा पर्न सक्ने मानसिक असरबारे ध्यान दिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ उनले भने।

प्रकाशित: १८ माघ २०७९ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =