डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

हिमाल प्रेस ११ फागुन २०७९ १८:३२ | Thursday, February 23, 2023
डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको जानकारी दिएको छ। सिंहले बुधबार दिएको राजीनामा आज बिहीबार गृहमन्त्रालयसमेत सम्हाली रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वीकृत गरेका हुन्।

प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलका अनुसार बुधबार नै मन्त्रालयमा राजीनामा पत्र पठाए पनि आज मात्रै स्वीकृत भएको हो। शैक्षिक प्रमाणपत्र, नागरिकतालगायतको विषयमा विवाद भएपछि उनले पदबाट राजीनामा दिएका थिए। सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी छ। काठमाडौँ बागबजारका विश्प्रकाश भेटवालले सिंहले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगम उजुरी दिएका थिए।

सिंहले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको र उनको उमेर ५८ वर्ष नाघिसकेको दाबी गरिकएको छ। भेटवालले डीआईजी सिंहका भाइ विनोदप्रकाश सिंहको उमेर नै ५७ वर्ष भइसकेको पनि उल्लेख गरेका छन्।

अहिले एआईजी बढुवा प्रक्रिया अघि बढेको बेला सिंहले प्रहरी निरीक्षकको नियुक्ति लिँदा पेस गरेको प्रमाणपत्र नक्कली भएको उजुरीमा उल्लेख छ।

विवादमा तानिएपछि डीआईजी सिंहले दिए राजीनामा

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डीआईजी सिंहविरुद्ध उजुरी दर्ता

प्रकाशित: ११ फागुन २०७९ १८:३२ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast