विवादमा तानिएपछि डीआईजी सिंहले दिए राजीनामा

हिमाल प्रेस १० फागुन २०७९ १५:२१
734
SHARES
विवादमा तानिएपछि डीआईजी सिंहले दिए राजीनामा

काठमाडौँ- नेपाल प्रहरीका डीआईजी अशोक सिंहले पदबाट राजीनामा दिएका छन्। ‍शैक्षिक प्रमाणपत्र, नागरिकतालगायतको विषयमा विवाद भएपछि उनले पदबाट राजीनामा दिएका हुन्। सुदूरपश्चिम प्रहरी प्रमुखसमेत रहेका सिंहले बुधबार प्रहरी प्रधान कार्यालय राजीनामा पत्र बुझाएको बताइएको छ।

सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी छ। काठमाडौँ बागबजारका विश्प्रकाश भेटवालले सिंहले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको बुधबार उजुरी दिएका थिए।

सिंहले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको र उनको उमेर ५८ वर्ष नाघिसकेको दाबी गरिकएको छ। भेटवालले डीआईजी सिंहका भाइ विनोदप्रकाश सिंहको उमेर नै ५७ वर्ष भइसकेको पनि उल्लेख गरेका छन्।

अहिले एआईजी बढुवा प्रक्रिया अघि बढेको बेला सिंहले प्रहरी निरीक्षकको नियुक्ति लिँदा पेस गरेको प्रमाणपत्र नक्कली भएको उजुरीमा उल्लेख छ।

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डीआईजी सिंहविरुद्ध उजुरी दर्ता

 

प्रकाशित: १० फागुन २०७९ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =