‘मनसँग मन’को ट्रेलरमा पुष्प र वर्षाको प्रेम

हिमाल प्रेस १७ माघ २०७९ १४:०३
10
SHARES

काठमाडौँ- फिल्म ‘मनसँग मन’ को ट्रेलर सार्वजनिक भएको छ। लगभग २ मिनेट लामो ट्रेलरमा पुष्प खड्का, वर्षा शिवाकोटी अटाएका छन्। फिल्ममा मुख्य भूमिकामा रहेको उनीहरूबीचको प्रेमलाई ट्रेलरमा देखाइएको छ।

सामाजिक कथामा बनेको फिल्मले पैसा र शक्तिले कानुनलाई किनेको तीतो यथार्थमाथि व्यंग्य गरेको छ। फिल्मको ‘मेरो त भाग्य’ बोलको गीतमा अभिता पल शाह र अभिनेत्री पूजा शर्मालाई देख्न सकिन्छ।

ट्रेलरमा कलाकार बुद्वि तामाङ, रविन्द्र झा, महेन्द्र बागदास, चाँदनी प्रधानलगायत पनि अटाएका छन्। कैलाश राईका निर्देशन रहेको फिल्म माघ २७ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: १७ माघ २०७९ १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =