स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्नेछु : उपसभामुख राना

हिमाल प्रेस १६ माघ २०७९ १८:५७
8
SHARES
स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्नेछु : उपसभामुख राना फाइल तस्बिर।

उदयपुर– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले स्वतन्त्र, निष्पक्ष, तटस्त र मर्यादित भएर काम गर्ने बताएकी छन्। सोमबार उदयपुरको चौदण्डीगढीमा मगर संघ चौदण्डीगढी नगर कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

संविधानले दिएको जिम्मेवारी अनुसार आफुले स्वतन्त्र, निष्पक्ष, तटस्त र मर्यादित भएर काम गर्ने उनको भनाइ छ। आफू सदैव जनताको पक्ष उभिएर काम गर्ने बताउँदै उनले कर्तब्यबाट विचलित नभई सभामुखसँग सहकार्य गरेर संघीय संसदलाई अझ व्यवस्थित र मर्यादित बनाउने उल्लेख गरिन्।

संविधानअनुसार सबै जातजाती र सबै वर्ग समुदायको हक र हितमा आफु सधैंव लाग्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित: १६ माघ २०७९ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =