राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

हिमाल प्रेस १३ माघ २०७९ १७:१६
18
SHARES
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ।  पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरू राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्नेबारे धारणा राखेका हुन्।

एमालेसहितका दलसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतीमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढने नीति लिएको उनको भनाइ छ।

‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमती कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ। राष्ट्रिय सहमती कहाँ हुन्छ? राष्ट्रिय सहमती खोज्ने हाम्रो नीति छ। राष्ट्रिय सहमती हुन्छ कि हँदैन? त्यो बाँकि छ। तर हाम्रो मत भने त्यो हो,’ उनले भने, ‘अरु पार्टीसँग छलफल गर्न हुन्छ। एमालेसहितको राष्ट्रिय सहमतीमा जाने हो। त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन। राष्ट्रिय सहमती कायम गर्न पहल गर्ने हो।’

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको कारण माओवादीको नेतृत्वमा सरकार बने पनि कांग्रेसले विश्वासको मत दिएकाले यसलाई ‘बाइपास’ गरेर जान नसक्ने धारणा राखे।

प्रचण्डले आजको बैठकमा पनि राष्ट्रिय सहमतिको कुरा दोहोर्‍याएका छन्।

माओवादीको स्थायी कमिटी बैठक अब माघ १६ गते बस्नेछ। बैठक माघ १२ गतेदेखि सुरु भएको हो। बैठकमा निर्वाचनको समीक्षा, पार्टी संगठनको अवस्था र रणनीति, देशको समग्र राजनीतिक गतिविधिबारे छलफल भएको बताइएको छ।

प्रकाशित: १३ माघ २०७९ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =