तीन सरकारी वाणिज्य बैंक पनि मर्ज हुनुपर्छ : गभर्नर अधिकारी

हिमाल प्रेस १० माघ २०७९ १८:१६
8
SHARES
तीन सरकारी वाणिज्य बैंक पनि मर्ज हुनुपर्छ : गभर्नर अधिकारी फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्ज हुनुपर्ने बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा मंगलबार बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंक आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताएका हुन्। नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच मर्ज हुनुपर्ने धारणा गभर्नर अधिकारीको छ।

उनले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दाखोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको बताए। उनले सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकता बुझेर मर्जरमा जानुपर्ने बताए।

निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको उनको भनाइ छ। गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरुले अहिलेको व्यावसायिक आवश्यकता बुझेर मर्जरमा गएको बताए।

सरकारी बैंकहरुले व्यावसायिक आवश्यकता बुझ्न ढिलाइ गरिरहेको उनले बताए। उनले भने, ‘बैंकहरू आफैँले व्यावसायिक आवश्यकता बुझेर मर्ज गरिरहेका छन् । कतै सरकारी बैंकहरु यो आवश्यकता बुझ्न पछाडि हुनुहुन्न? भन्ने हामीलाई शंका छ।’

प्रकाशित: १० माघ २०७९ १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =