६ महिनामा मुक्तिनाथ विकास बैंकले कमायो ६३ करोड ६२ लाख

हिमाल प्रेस ९ माघ २०७९ १२:०५
20
SHARES
६ महिनामा मुक्तिनाथ विकास बैंकले कमायो ६३ करोड ६२ लाख

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६३ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ।
बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार यो गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले बढी हो।

गत आवको पुस मसान्तसम्म बैंकले ६० करोड २४ लाख रुपैयाँ कमाएको थियो। पुससम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ छ। साउन-पुसको अवधिमा बैंकको ब्याज आम्दानी ३३.३७ प्रतिशत बढेको छ।

त्यस्तै सञ्चालन आम्दानी २२.७५ प्रतिशत बढेको विवरण बैंकले प्रकाशित गरेको छ। बैंकको सञ्चालन मुनाफा ३.९६ प्रतिशत बढेको छ। निक्षेप ४.४३ प्रतिशत र कर्जा ६.२० प्रतिशत बढेको छ।
पुससम्म मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी १३.५० प्रतिशत बढेर ६ अर्ब ४२ करोड पुगेको छ।

प्रकाशित: ९ माघ २०७९ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =