काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६३ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ।
बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार यो गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले बढी हो।
गत आवको पुस मसान्तसम्म बैंकले ६० करोड २४ लाख रुपैयाँ कमाएको थियो। पुससम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ छ। साउन-पुसको अवधिमा बैंकको ब्याज आम्दानी ३३.३७ प्रतिशत बढेको छ।
त्यस्तै सञ्चालन आम्दानी २२.७५ प्रतिशत बढेको विवरण बैंकले प्रकाशित गरेको छ। बैंकको सञ्चालन मुनाफा ३.९६ प्रतिशत बढेको छ। निक्षेप ४.४३ प्रतिशत र कर्जा ६.२० प्रतिशत बढेको छ।
पुससम्म मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी १३.५० प्रतिशत बढेर ६ अर्ब ४२ करोड पुगेको छ।
प्रकाशित: ९ माघ २०७९ १२:०५
प्रतिक्रिया