शेखर समूहमा छलफल : कांग्रेस अझै किन ‘कन्फ्युजन’मा?

हिमाल प्रेस ८ माघ २०७९ १२:४५
8
SHARES
शेखर समूहमा छलफल : कांग्रेस अझै किन ‘कन्फ्युजन’मा?

काठमाडौँ- बत्तीसपुतलीमा भएको कांग्रेस संस्थापनइतर समूहको छलफलमा पार्टी अझै अन्योलमा हुनुको कारणबारे छलफल भएको छ। आइतबार भएको डा. शेखर कोइराला समूहको बैठकमा कांग्रेसको स्पष्ट दृष्टिकोण नभएको विषयमा छलफल भएको हो।

‘कांग्रेस किन कन्फ्युजनमा छ? स्पष्ट दृष्टिकोण किन राख्न सकेको छैन भन्ने विषयमा छलफल भएको हो,’ कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले भने।

साथै दलमा समूहकै एकमत हुन नसकेको विषयमा पनि छलफल भएको थियो। संसदीय दलका नेतामा प्रतिस्पर्धा गरेका गगन थापाले समूहमा भएको भन्दा कम मत प्राप्त गरेका थिए।

यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको विश्वासको मत, सामसामयिक राजनीतिक विषय, भावी रणनीति र पार्टीको केन्द्रीय बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे पनि छलफल भएको थियो।

प्रकाशित: ८ माघ २०७९ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =