‘प्रचण्डलाई कांग्रेसले किन विश्वासको मत दियो भन्ने आगामी दिनमा पुष्टि होला’

हिमाल प्रेस २८ पुष २०७९ १६:०८
126
SHARES
‘प्रचण्डलाई कांग्रेसले किन विश्वासको मत दियो भन्ने आगामी दिनमा पुष्टि होला’

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धनबाट छुटेर गएर पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत किन दिएको भन्नेबारे आउँदा दिनमा त्यसको पुष्टी हुने बताएका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच कुनै सहमतिपछि मत दिने निर्णय भए/नभएको आफूलाई जानकारी नभएको पनि बताए।

बिहीबार विराटनगर विमानस्थलमा कोइरालाले सञ्चारकर्मीसँग भने, ‘प्रचण्डजीसँग के सहमति भयो मलाई थाहा छैन। सहमति भएको भए पनि म संलग्न भएको छैन।’ उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षीको बेन्चमै बस्ने बताए। ‘विश्वासको मत दिए पनि प्रतिपक्षीमै बस्छौँ। सरकारमा जाँदैनौँ’ उनले भने, ‘विश्वासको मत किन दिइयो भन्नेबारे आउँदा दिनले पुष्टी गर्लान्।’ उनले धेरै चुनावहरू बाँकी रहेको र त्यसमा कांग्रेसले सबै दलसँग सहयोगको अपेक्षा राख्ने पनि बताए।

प्रकाशित: २८ पुष २०७९ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =