राष्ट्रिय एकता दिवसको विरोधमा पक्राउ परेकालाई रिहा गर्न शेर्पा संघको माग

हिमाल प्रेस २७ पुष २०७९ २०:५५
10
SHARES
राष्ट्रिय एकता दिवसको विरोधमा पक्राउ परेकालाई रिहा गर्न शेर्पा संघको माग

काठमाडौँ– नेपाल शेर्पा संघले पुस २७ गते सरकारले दिएको सार्वजनिक बिदाप्रति आपत्ति जनाएको छ। संघले बुधबार एक प्रेस नोट जारी गर्दै सरकारको उक्त निर्णयप्रति आपत्ति जनाएको हो।

पुस २७ गते सार्वजनिक बिदा दिइएकोमा विरोध गर्ने क्रममा शेर्पा अगुवा आङ काजी शेर्पा बुधबार चावहिलबाट पक्राउ परेकाले उनको रिहा गर्न पनि संघले प्रशासनसमक्ष माग गरेको छ। उनलाई पक्राउ गरेर लोकतन्त्रमा नागरिकले शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार प्रहरी प्रशासनले हनन् गरेको पनि संघले जनाएको छ।

‘तथाकथित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको नामबाट एकात्मक राजतन्त्रको पृष्ठपोषण गर्ने हेतुले संविधानसभाबाट जारी भएको संविधानको मर्मविपरीत र गणतन्त्रात्मक व्यवस्थाकै धज्जी उडाउने गरी सरकारले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने र सार्वजिनक बिदा दिने कार्य खेदजनक छ,’ संघले बुधबार जारी गरेको प्रेस नोटमा भनिएको छ।

पुस २७ गते सार्वजनिक बिदा दिइनु राजसंस्थालाई ब्युँताउने सरकारको षड्यन्त्र भएकोसमेत संघको ठहर छ।

तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहले आदिबासी जनतालाई राज्यको मुलधारमा सहभागी हुन नदिने गरी शासन गरेकाले उनको जन्म दिवसमा सार्वजिनक बिदा दिइनु यस समुदायको हितविपरीत हुन जाने भन्दै संघले सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

प्रकाशित: २७ पुष २०७९ २०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =