पृथ्वीजयन्ती मनाउने सरकारको निर्णयप्रति उपेन्द्र यादवको आपत्ति

हिमाल प्रेस २६ पुष २०७९ १०:०५
8
SHARES
पृथ्वीजयन्ती मनाउने सरकारको निर्णयप्रति उपेन्द्र यादवको आपत्ति

काठमाडौँ- पृथ्वी जयन्ती (पुस २७ गते) मनाउने सरकारको निर्णयलाई जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विरोध गरेका छन्। उनले जनआन्दोलनको मर्म र भावना विपरीत भएको गएर सरकारले यो निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत सरकारको यो निर्णयबाट एकता नभई एकतामा विभेद उत्पन्न हुने यादवले उल्लेख गरेका छन्। यसअघिका वर्षमा सरकारले पृथ्वी जयन्ती मनाउने गरेको थिएन।

यसपटक राप्रपाले सोही दिवस मनाए मात्र सरकारमा जाने भन्दै अडान गरेसँगै सरकारले पुस २७ मा बिदा दिने भएको हो। गृह मन्त्रालयले पृथ्वी जयन्ती (पुस २७ गते) दिन सार्वजनिक बिदा दिने निर्णय भएको औपचारिक जानकारी गराएको छ।

मन्त्रालयले आज सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो।

प्रकाशित: २६ पुष २०७९ १०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =