घट्यो हवाई भाडा, कहाँको कति?

हिमाल प्रेस २५ पुष २०७९ १३:१२
8
SHARES
घट्यो हवाई भाडा, कहाँको कति? फाइल तस्बिर।

काठमाडौँ- वायु सेवा सञ्चालक संघले आन्तरिक हवाई उडानको भाडा घटाएको छ। नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्य प्रतिलिटर २० रूपैयाँ घटाएपछि निजी क्षेत्रका विमान कम्पनीको छाता संस्था वायु सेवा सञ्चालक संघले भाडादर घटाएको हो।

संघले भाडा घटाउने निर्णय आज गरे पनि २७ गते, बुधबारबाट नयाँ भाडादर लागू हुनेछ। संघले काठमाडौँबाट हुने माउन्टेन फ्लाइटको भाडा ६८५ रूपैयाँले घटाएको छ। अब माउन्टेन फ्लाइटको भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ।

त्यस्तै, काठमाडौँ-भद्रपुरको अधिकतम् भाडा १२ हजार ३५५ कायम भएको छ। यसअघिको भाडादरमा संघले ६०० रुपैयाँ कम गरेको हो।

काठमाडौँ-विराटनगर रुटको ४८५ रुपैयाँ घट्दै ९ हजार ७२० रुपैयाँ तोकिएको छ। जनकपुरको भाडा २६० रुपैयाँले घटेर ५ हजार ६०० कायम भएको छ।

काठमाडौँ-भरतपुर रुटमा ४ हजार ७७५ रुपैयाँ भाडा पर्नेछ। यो रुटमा २१५ रुपैयाँ घटाइएको छ।

संघले काठमाडौँ-पोखरा रुटमा ३२० रुपैयाँ घटाउँदै ६ हजार ६६५ रुपैयाँ तोकेको छ। काठमाडौँ–भैरहवाको भाडा ४१० रुपैयाँले कम हुँदै ८ हजार २६२ रुपैयाँ तोकिएको वायुसेवा सञ्चालक संघले जनाएको छ।

काठमाडौँ–नेपालगञ्ज रुटमा ६५५ रुपैयाँ भाडा घटेको छ। अब यो रुटको अधिकतम् भाडा १३ हजार ३२५ पर्नेछ। काठमाडौँ–सुर्खेतको भाडा ६९० रुपैयाँ घट्दै १४ हजार ३०५ भएको छ।

काठमाडौँ–धनगढी रुटमा ८८५ रुपैयाँ घट्दै १६ हजार १४० र तुम्लिङटार ३७० रुपैयाँ घट्दै ७ हजार ८३५ रुपैयाँ कायम भएको छ।

त्यस्तै काठमाडौँ–सिमरा रुटको भाडा १८० रुपैयाँले कम हुँदै ४ हजार ६० र राजविराजको ४११ रुपैयाँले कम हुँदै ८ हजार ३४४ कायम भएको छ।

प्रकाशित: २५ पुष २०७९ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =