तराईमा हुस्सुसँगै शीतलहरले जनजीवन प्रभावित

हिमाल प्रेस २५ पुष २०७९ ६:५०
4
SHARES
तराईमा हुस्सुसँगै शीतलहरले जनजीवन प्रभावित

काठमाडौँ- तराईमा हुस्सु र कुहिरो लागेको छ। मध्य तराईमा शीतलहर पनि चलिरहेको छ। पहाडी क्षेत्रमा बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसारपश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।

मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।

प्रकाशित: २५ पुष २०७९ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =