डेली ग्रोसरीमा आइएमई पेका ग्राहकलाई १० प्रतिशत छुट

हिमाल प्रेस २४ पुष २०७९ १२:४९
4
SHARES
डेली ग्रोसरीमा आइएमई पेका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौँ- आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच छुट सम्झौता भएको छ। सम्झौताअनुसार ग्राहकले आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा सामान खरिद गर्दा १० प्रतिशत वा एक पटकमा अधिकतम् २०० रुपैयाँ छुट पाउनेछन्।

छुट आइएमई पेको भिसा कार्डमार्फत् हुने पोस भुक्तानीमा मात्र लागू हुने सम्झौतामा जनाइएको छ। डेली ग्रोसरीका काठमाडौँ उपत्यकाभर २४ वटा आउटलेट छन्। यी सबैमा छुट सुविधा रहेको जनाइएको छ।

प्रकाशित: २४ पुष २०७९ १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =