मर्जरको अवसरमा ग्लोबल आइएमई र बीओकेको प्रभातफेरी

हिमाल प्रेस २४ पुष २०७९ ११:५२
8
SHARES
मर्जरको अवसरमा ग्लोबल आइएमई र बीओकेको प्रभातफेरी

काठमाडौँ- मर्जरमा गएका दुई बैंक ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले संयुक्तरूपमा देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेका छन्।

वित्तीय साक्षरतामूलक प्लाकार्ड तथा बयानरसहित प्रभातफेरी गरिएको थियो। दुई बैंक मर्जरपछि भोलि २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु हुँदैछ।

मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड पुगेको छ। त्यस्तै कुल निक्षेप ४ खर्बभन्दा बढी र कुल कर्जा ३ खर्ब ७९ अर्ब भन्दा बढी पुगेको छ।

यसअघिका समेत गरेर ग्लोबल आइएमई बैंकमा २१ वटा बैंक तथा वित्तीय संस्था गाभिएका छन्। जसमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी छन्।

भोलिबाट ग्लोबल आइएमईले ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ एकाइ, ६१ विस्तारित शाखा कार्यालय र ३ वटा विदेशस्थित सम्पर्क कार्यालयबाट सेवा दिनेछ। ग्लोबल आइएमईका ग्राहक संख्या ४० लाखभन्दा बढी पुगेको छ।

प्रकाशित: २४ पुष २०७९ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =