वादी समुदायको आत्मसम्मानको रक्षाका लागि परिणामुखी पहल गर्छौंः प्रधानमन्त्री

हिमाल प्रेस २३ पुष २०७९ १३:०७
2
SHARE
वादी समुदायको आत्मसम्मानको रक्षाका लागि परिणामुखी पहल गर्छौंः प्रधानमन्त्री प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन्।

शनिबार बिहान प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा बधाई तथा ज्ञापन पत्र दिन आएका वादी समुदायका अगुवाहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रीपरिषदबाट निर्णय गरेको स्मरण गराउँदै उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या हल गर्ने बताए।

‘म पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यवस्थित पुनस्र्थापनाका लागि निर्णय गरेको स्मरण छ। इतिहासमै पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पौष २३ को दिनलाई विजयोत्सवका रूपमा मनाउनु पर्छ।’

उनले भने, ‘वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं।’

प्रकाशित: २३ पुष २०७९ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =