नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई बास्केटबल प्रतियोगिताको उपाधि

हिमाल प्रेस २२ पुष २०७९ १६:३४
16
SHARES
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई बास्केटबल प्रतियोगिताको उपाधि

काठमाडौँ- नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले अन्तर मेडिकल कलेज बास्केटबल प्रतियोगिताको उपाधि हासिल गरेको छ। सानो भर्‍याङको भन्डारस्थित मैदानमा पाँच दिनसम्म चलेको खेलमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका खेलाडी प्रथम भएका हुन्।

प्रतियोगितामा नेपाल मेडिकल कलेजका खेलाडीहरू दोस्रो भएका थिए। विजेता खेलाडीहरूले सिल्ड, मेडल र नगद पुरस्कार पाएका थिए। त्यस्तै उत्कृष्ट खेलाडीको उपाधि संस्थानका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर नगेन्द्रबहादुर केसीले वितरण गरेका थिए।

सेनाले आफ्नो जिम्मेवारीसँगै सामाजिक गतिविधि, खेलकुद विकासमा, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि योगदान गर्दै आइरहेको नेपाली सेनाले जनाएको छ। पाँच दिने प्रतियोगिता पुस १७ बाट २१ गतेसम्म सञ्चालन भएको थियो। बास्केट बल प्रतियोगितामा किष्ट मेडिकल कलेज, पाटन मेडिकल कलेज र नेपाल मेडिकल कलेजलगायतका देशभरका मेडिकल कलेजहरू सहभागी भएका थिए।

प्रतियोगिताको समापन समारोहमा चिकित्सा शास्त्र महाविद्यालय, नेपाल आर्मी व्यावसायिक तालिम इन्स्च्युट, कलेज अफ नर्सिङग महाविद्यालयका प्राचार्य, प्राध्यापक, प्रशासन प्रमुख, संकाय सदस्य, सैनिक अधिकृत, गैह्र सैनिक कर्मचारीहरू र विभिन्न मेडिकल कलेजका प्रोफेसरलगायत सहभागी थिए।

प्रकाशित: २२ पुष २०७९ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =