माघ ७ गते सभामुख र ९ गते उपसभामुखको निर्वाचन गर्ने तयारी

हिमाल प्रेस २२ पुष २०७९ १६:१२
26
SHARES
माघ ७ गते सभामुख र ९ गते उपसभामुखको निर्वाचन गर्ने तयारी

काठमाडौँ- प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले डाकेको सर्वदीय बैठकमा सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले माघ ७ गते सभामुख र ९ गते उपसभामुखको निर्वाचन गर्नेबारे छलफल भएको बताए।

प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दैछ। पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्नेछन्। संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको सर्वदलीय बैठकले संसद्को पहिलो बैठकको एजेण्डा तय गरेको हो। पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दुई घन्टाभित्र दलीय आधारमा समय निर्धारण गरेर दलका प्रतिनिधिहरूलाई बोल्न समय दिइने संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए।

सभामूख र उपसभामुखको निर्वाचन नभएसम्म र कार्यव्यवस्था परामर्श समिति गठन नभएसम्म पुरानै नियमावली अनुसार बैठक बस्ने उनको भनाइ छ। दोस्रो बैठक पुस २६ गते ११ बजे नै बोलाउने सहमति भएको लेखकको भनाइ छ। लेखकले २६ गतेको संसद्‌ बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा तय भएको छ।

लेखकले विश्वासको मतका बारेमा कांग्रेसको संसदीय दलको बैठकले औपचारिक धारणा तय गर्ने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले कुनै पहल नगरेको दाबी पनि गरे। त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने र यसका लागि सबै दलसँग छलफल भइरहेको जानकारी दिए। मुलुकको समृद्धिका लागि वर्तमान सरकारलाई सबै दलले समर्थन गर्ने उनको विश्वास छ।

प्रकाशित: २२ पुष २०७९ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =