मन्त्रिपरिषद् विस्तार विश्वासको मत पाएपछि मात्रै

हिमाल प्रेस २२ पुष २०७९ १३:२३
4
SHARES
मन्त्रिपरिषद् विस्तार विश्वासको मत पाएपछि मात्रै प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले संसद्‌बाट विश्वासको मत प्राप्त गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्‌मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका हुन्।

सरकारले पुस २६ गते संसद्मा विश्वासको मत लिने कार्यक्रम छ। उपप्रधानमन्त्री पौडेलले भने, ‘विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ। मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै मन्त्रिपरिषद् राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यमा केन्द्रित भएर गतिशित रुपमा अगाडि बढ्नेछ।’

उनले मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकार जनता र राष्ट्रका समस्यमा समाधान गर्ने गरी गतिशील रुपमा अगाडि बढ्ने बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ११ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी हुन्।

प्रकाशित: २२ पुष २०७९ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =