मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेश

हिमाल प्रेस १९ पुष २०७९ १६:५७
4
SHARES
मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेश

काठमाडौँ- मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेश गरेको छ। ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’ भन्ने नाराका साथ २०६३ पुस १९ गते मुक्तिनाथ विकास बैंक खुलेको थियो।

आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रममा गरिरहेको छ। यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ।

डिजिटल माध्यमबाट शाखा उद्घाटन गर्दै बैंकका अध्यक्ष भरतराज ढकालले सम्पूर्ण कर्मचारी, व्यवस्थापन टोलीलगायतको मिहिनेतले बैंक यहाँसम्म पुगेको बताए। उनले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाए।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन, कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति प्रदान, विभिन्न समुदायका बालबालिका तथा वृद्धवृद्धालाई न्यानो कपडा वितरण पनि गरेको छ।

प्रकाशित: १९ पुष २०७९ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =