थारु समुदायमा सुरु भयो माघी रौनक

हिमाल प्रेस १९ पुष २०७९ १४:०३
8
SHARES
थारु समुदायमा सुरु भयो माघी रौनक

बाँके- माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढ्न थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्।

यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ। गाउँगाउँमा रातभर आगो बाल्न दाउरा संकलन, धान, चामल कूटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेको पाइन्छ। चामलको पिठोबाट ढिक्री पकाउने, अनदीको जाँड, रोटी, भातलगायत मिठामिठा परिकारको जोहो गर्ने गरिन्छ।

माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गरिन्छ। गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गरिन्छ।

नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन रहेको राप्ती सोनारी गाउँपालिका खैरेहनीका लहान थारुले बताए। उक्त समुदायमा माघीको रौनकमा खानपिन सँगसँगै आफ्नो भेषभूषामा नाचगान र संस्कृति झल्कने खालका प्रस्तुति पनि गरिन्छ।

प्रकाशित: १९ पुष २०७९ १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =