सरकारको परराष्ट्र नीति एउटै हुन नसक्नु दुखद् : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

हिमाल प्रेस १८ पुष २०७९ १६:२५
6
SHARES
सरकारको परराष्ट्र नीति एउटै हुन नसक्नु दुखद्  : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अन्य मुलुकमा जुन पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति हुने भए पनि नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको टिप्पणी गरे। उनले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्र नीतिहरू पनि परिवर्तन हुने गरेको भन्दै जुनकुनै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिए। उनले नेपालमा सहसचिव, सचिवहरू नै राजनीतिक दलहरूका मान्छे हुने गरेको र आफ्नो स्वार्थपुर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको बताए।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाले पठाएका ५ वटा विधेयक अहिले शून्यमा पुगेको भन्दै दुःख व्यक्त गरे उनले आगामी दिनमा मन्त्रिमण्डलको विस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरूलाई नै अघि बढाउन आग्रह गर्ने बताए। उनले आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरू अहिलेसम्म प्रतिनिधिसभाबाट पास हुन नसकेको भन्दै संसद्ले लापरबाही गरेर अघि बढे संसद्प्रतिको विश्वास गुम्ने बताए।

प्रकाशित: १८ पुष २०७९ १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =