सिद्धार्थ बैंक ‘कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित

हिमाल प्रेस १८ पुष २०७९ ११:५९
सिद्धार्थ बैंक ‘कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित

काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेड ‘द एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स’बाट सम्मानित भएको छ।

कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रूपमा आयोजना गर्दै आएको कार्यक्रममा बैंकलाई उक्त अवार्ड दिइएको हो। अवार्ड सिद्धार्थ बैंकका मानव संशोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका थिए।

अवार्डले आगामी दिनमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न प्रेरित गरेको बैंकले जनाएको छ।

सिद्धार्थ बैंकका देशभर चार एक्सटेन्सनसहित १९३ शाखा, २१५ एटीएम र ११८ शाखारहित बैंकिङ एकाइ छन्।

प्रकाशित: १८ पुष २०७९ ११:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =