उपसभामुख हाम्रो पार्टीले पाउँछ : गृहमन्त्री रवि लामिछाने

हिमाल प्रेस ५ माघ २०७९ १५:५५ | Thursday, January 19, 2023
उपसभामुख हाम्रो पार्टीले पाउँछ : गृहमन्त्री रवि लामिछाने फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपसभामुख आफ्नो पार्टीले पाउने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बन्ने बताएका हुन्।

उनले भने,’उपसभामुखमा हाम्रो पार्टीले पाउने सहमति छ। अब भोलि दलको बैठकले तय गर्छ।’ सभामुखमा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्। संविधानअनुसार सभामुख र उपसभामुखमध्ये एक जना अनिवार्य महिला हुनुपर्नेछ। त्यसकारणले अब उपसभामुख महिला बन्ने पक्का छ।

अब संसद् बैठक माघ ७ गते बस्दैछ। उक्त बैठकले उपसभामुख चयन गर्नेछ।

माघ ७ गते उपसभामुखको निर्वाचन

 

नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित

यी पाँच सांसद सभामुखको निर्वाचनमा अनुपस्थित रहे

 

 

प्रकाशित: ५ माघ २०७९ १५:५५ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast