कांग्रेस संसदीय दलमा गगनको प्रस्तावक शेखर कोइराला

हिमाल प्रेस ५ पुष २०७९ १२:३७
120
SHARES
कांग्रेस संसदीय दलमा गगनको प्रस्तावक शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार बन्ने भएका छन्। महामन्त्री थापाका पक्षमा नेता डा. शेखर कोइराला प्रस्तावक बन्ने सहमति भएको छ।

संस्थापन इतर समूहको मंगलबार बसेको बैठकमा यस्तो सहमति भएको हो। थापाले आगामी पार्टी महाधिवेशनमा कोइरालालाई सभापतिका रूपमा अघि सार्ने बताउँदै आएका छन्। अब कांग्रेस संसदीय दलमा महामन्त्री थापा र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाबीच भिडन्त हुने भएको छ।

संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ। कांग्रेसबाट ८९ सांसद छन्।

कांग्रेस संसदीय दलको चुनाव बुधबार हुँदैछ। त्यसका लागि मंगलबार अपराह्न २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

प्रकाशित: ५ पुष २०७९ १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =