काठमाडौँ– इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्रान्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ ‘पुल्चोक क्याम्पस’मा ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’को सुरुवात गरेको छ।
सामसङ इनोभेसन क्याम्पसअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सलगायत विषय पुल्चोक क्याम्पसमा पढाइनेछ।
यसले प्राविधिक सिपको विकास गर्ने कम्पनीले जनाएको छ। जसले उनीहरूमा डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ।
प्रकाशित: २९ मंसिर २०७९ १४:५७
प्रतिक्रिया