समानुपातिक नामावलीबारे छानबिन हुँदै, ‘क्लस्टर’ नमिले सच्याउनुपर्ने

हिमाल प्रेस २५ मंसिर २०७९ ९:०३
74
SHARES
समानुपातिक नामावलीबारे छानबिन हुँदै, ‘क्लस्टर’ नमिले सच्याउनुपर्ने

काठमाडौँ- राजनीतिक दलहरूले समानुपातिकबाट सांसद बन्नेहरूको सूची शनिबार निर्वाचन आयोगमा बुझाएका छन्। सूची प्राप्त भएपछि आयोगले सो नामावलीबारे छानबिन गरिरहेको छ ।

सो नामावलीमा समावेशी प्रतिनिधित्व (क्लस्टर) नभएको पाइए आयोगले दलहरूलाई सच्याएर पुनः पेस गर्न पत्राचार गर्नेछ। पत्राचार गरेको दुई दिनभित्र सम्बन्धित दलले संशोधित नामावलीको सूची पुनः पेस गर्नु पर्नेछ।

यसअनुसार अब दलहरूले त्यस्तो सूची सोमबार अपराह्न ४ बजेसम्म सच्याउन सक्नेछन्। त्यसपछि समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्ने निर्वाचन आयोगको तयारी छ।

प्रतिनिधिसभातर्फ एमालेले ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपा र जनमतले ५–५ सिट प्राप्त गरेका छन्। सोहीअनुसार दलहरूले शनिबार नामावली बुझाएका हुन्।

सबै काम सकेर मंसिर २९ गते राष्ट्रपति कार्यालयलाई प्रतिवेदन बुझाउने आयोगको तयारी छ। प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठन तथा संसद्‌मा सभामुख तथा उपसभामुखलगायतको निर्वाचनको प्रक्रिया सुरु हुन्छ।

प्रकाशित: २५ मंसिर २०७९ ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =