अनुदानमा उन्‍नत जातको गाई वितरण

हिमाल प्रेस २४ मंसिर २०७९ १०:४९
4
SHARES
अनुदानमा उन्‍नत जातको गाई वितरण फाइल तस्बिर।

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘अर्गानिक मैवाखोला’ अभियानअन्तर्गत अनुदानमा उन्नत जातको गाई वितरण गरेको छ। किसानको आयआर्जन बढाउन गाई वितरण गरिएको हो।

गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा करिब आठ लाख रुपैयाँमा १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख वमप्रसाद वनेमले बताए।

वनेमका अनुसार होलस्टेन र जर्सी जातका गाई चितवन जिल्लाबाट खरिद गरी गाउँपालिकाको वडा नम्बर १ ढुंगेसाँघुका किसानलाई वितरण गरिएको छ। किसानलाई आम्दानीको स्रोत बढाउन र दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई वितरण गरिएको पशु शाखाले जनाएको छ।

गाई वितरण गरिएसँगै कम्पोष्ट मल उत्पादन हुने गरेर किसानले खेतीपाती उत्पादन वृद्धि तथा अर्गानिक सागसब्जी उत्पादन गर्ने गाउँपालिकाले अपेक्षा गरेको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले बताए।

गाउँपालिकाले अगाडि नै अर्गानिक गाउँपालिका बनाउने घोषणा गरिसकेको छ। अभियानका लागि उन्‍नत जातका गाई, बाख्रासमेत खरिद गर्ने तयारी भइरहेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए।

वनेमले भने, ‘गाउँपालिकामा दूध संकलन तथा प्रशोधन गर्न डेरी उद्योग सञ्चालन गर्ने तयारी भइरहेको छ।’

प्रकाशित: २४ मंसिर २०७९ १०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =