बीओकेको साधारणसभाबाट ग्लोबलसँग मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान

हिमाल प्रेस २३ मंसिर २०७९ १६:५५
बीओकेको साधारणसभाबाट ग्लोबलसँग मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान

काठमाडौँ– बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)को २८औँ वार्षिक साधारणसभाले ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने प्रस्तावलाई अन्तिम स्वीकृति दिएको छ।

त्यसका साथै गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकनकर्ताको सिफारिसअनुसार हुने प्रस्ताव पारित भएको छ।

ग्लोबल आइएमई बैंक र बीओकेको सेयर स्वाप अनुपात १ः१ हुने सम्झौता भइसकेको छ। साधारणसभाले २०७८/७९ को संचित मुनाफाबाट चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव पनि पारित गरेको छ।

त्यस्तै चुक्ता पुँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको छ।

प्रकाशित: २३ मंसिर २०७९ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =