कोकाकोलाद्वारा त्रिवि शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

हिमाल प्रेस २२ मंसिर २०७९ १३:२९
2
SHARE
कोकाकोलाद्वारा त्रिवि शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

काठमाडौँ- कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरेको छ।

एक पटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रति सेकेन्ड २४० लिटर अक्सिजन उत्पादन हुन्छ। क्रिएसनका संस्थापक आनन्द मिश्रले नयाँ अक्सिजन प्लान्टले अस्पतालमा हुने अक्सिजनको कमीलाई धेरै हदसम्म समाधान गर्ने आशा रहेको बताए।

त्रिवि शिक्षण अस्पताल १९८३ मा स्थापना भएको हो। सात सय शैय्याको सुविधा भएको त्रिवि शिक्षण अस्पतालमा २२ वटा विभाग छन्।

प्रकाशित: २२ मंसिर २०७९ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =